२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

पञ्चेश्वरमा राष्ट्रपति रनिङ्ग शिल्ड माघ ४ गतेदेखी

SansherOnline SansherOnline
मङ्गलबार २४, पुष २०८० ०९:२९
पञ्चेश्वरमा राष्ट्रपति रनिङ्ग शिल्ड माघ ४ गतेदेखी

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ४ गतेदेखी हुने भएको छ। जवलपुर माबि आम्चोराको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने पालिकाले जनाएको छ।

एक सुचना प्रकाशन गर्दै गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको बारेमा जानकारी गराएको हो। प्रतियोगितामा पालिका भरीका सम्पूर्ण माध्यमिक बिद्यालहरुलाई बिद्यार्थी सहभागि गराईदिन आग्रह गरिएको छ।

प्रतियोगितामा सहभागि हुने माध्यमिक बिद्यालहरुले माघ ३ गतेसम्म बिद्यार्थीहरुको बिवरण पठाउनु पर्ने छ। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा बिद्यार्थीहरुको बिवरण सहित फारम पठाउनु पर्ने गाउँपालिकाले जनाएको छ।

No description available.

प्रतिक्रिया