२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

सिगास थलागाउँको दलित बस्तीमा खानेपानीको हाहाकार

SansherOnline SansherOnline
सोमबार २३, पुष २०८० ०८:४४
सिगास थलागाउँको दलित बस्तीमा खानेपानीको हाहाकार

बैतडी : सिगासको थलागाउँको दलित बस्तीमा खानेपानी नहुँदा २५० घरधुरीका मानिस एक घण्टा ओराले झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६, थला गाउँको दलित बस्तीमा खानेपानीको धारा नहुँदा यस्तो समस्या भएको हो । खानेपानीको अभावमा बस्ती काकाकुल बनेको स्थानीय नरेन्द्र विकले बताउनुभयो । हिउँदमा खोलाको पानी र बर्खा लागेपछि आकासे पानी पिउनुपर्ने दलित समुदायको बाध्यता रहेको उहाँले बताउनुभयो ।

साँझ, बिहान र दिउँसो गरेर तीन पटक पानी भर्न जाँदा अधिकांश समय पानी भर्नमै बित्ने गरेको उहाँले बताउनुभयो । सङ्घ र प्रदेशका नेताले वाचा बिर्सिएको यहाँका दलित समुदायको गुनासो छ । “चुनावका बेला सबै नेताले घर घरमा धारा दिन्छौँ भनेपछि हामीले भोट दिएर जितायौँ, चुनाव जितेपछि कोही फर्केनन् । दलित बस्तीको समस्या जस्ताको तस्तै रहेको छ” उहाँले भन्नुभयो । 

वडा कार्यालयमा पानीको माग आए पनि पर्याप्त बजेट नभएको सिगास गाउँपालिका–६ का वडाध्यक्ष जेतबहादुर साउदले बताउनुभयो ।   

प्रतिक्रिया