२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बालेनले लगाए प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा ताला

SansherOnline SansherOnline
सोमबार २३, पुष २०८० ०६:३४
बालेनले लगाए प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा ताला

काठमाडौं : कर्मचारी नियुक्तिको विषयमा विवाद चुलिएको काठमाडौं महानगरपालिकामा नगर प्रमुख बालेन साह र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीबीचको टकराव पनि बाहिर आएको छ।

महागरपालिकाको स्वास्थ्य विभागतर्फका कर्ममारी नियुक्तीको विषयमा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच विवाद भएपछि सुरुमा अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाइएको थियो।

सो विषयलाई लिएर मेयर साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो।

त्यसपछि केही दिन विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत अधिकारी पुन: कार्यालय आउने तयारी गरेको थाहा पाएपछि मेयर साहले उनको कार्यकक्षमा ताला लगाइ दिएका छन्।

नगर प्रमुख साहले राष्ट्रिय सभागृहमा रहेको अधिकारीको कार्यकक्षमा ताला लगाएका हुन्। बालनले सोमबारबाट कार्यालयमा नआउन अधिकारीलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया