२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

सिगासले शिवलिङ प्रहरीलाई विपदजन्य सामग्री उपलब्ध गरायो

SansherOnline SansherOnline
सोमबार २३, पुष २०८० ०९:५५
सिगासले शिवलिङ प्रहरीलाई विपदजन्य सामग्री उपलब्ध गरायो

बैतडी : बैतडीको सिगास गाउँपालिकाले शिवलिङ प्रहरी चौकीलाई विपदजन्य सामग्री हस्तान्त्रण गरेको छ । विपदका घटना घट्नुपूर्व र विपद पश्चात आवश्यक पर्ने विभिन्न उपकरण सहितका सामग्री हस्तान्त्रण गरिएको हो । 

आगामी आर्थिक वर्षमा सबै वडा कार्यालयमा समेत यस्ता सामग्री उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । सिगास गाउँपालिकाका अधिकांस क्षेत्र पहिरोको जोखिममा रहेका क्षेत्रहरु छन् । त्यसैगरी नदीजन्य घटनाहरु पनि हुने गरेका छन् ।

९ वटै वडामा कुनै विपदको घटना घटेको अवस्थामा प्रहरीले उक्त सामग्री प्रयोग गर्न सक्ने गाउँपालिकाका विपद व्यवस्थापन सहायक हरि सिंह साउँदले जानकारी दिए । 

अग्नी नियन्त्रण ग्यास, लाईफ ज्यागेट, ह्याण्ड माइक, रेनकोट, घैटी, बेल्चा लगायतका औजारहरु पनि उपलब्ध गराइएको साउँदले बताए । 

 

प्रतिक्रिया