२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

पुर्चौंडीले वडामै गएर योजना सम्झौता गर्ने कार्यक्रमलाई निरन्तरता

SansherOnline SansherOnline
आइतबार २२, पुष २०८० ०८:५८
पुर्चौंडीले वडामै गएर योजना सम्झौता गर्ने कार्यक्रमलाई निरन्तरता

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकाले वडामा नै गएर योजना सम्झौता गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । आइतबारदेखि वडामै पुगेर योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए । 

आज वडा नं १० को कार्यालय विजयपुरमा योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाका उपप्रमुख मीना धानुक, योजना तथा अनुगमन शाखा प्रमुख, इन्जिनियर लगायतको टोलीले वडामै पुगेर योजनाहरुको सम्झौता गरेको हो । 

भोलि वडा नं. ९ को कार्यालयमा योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । 

वडा नं २ र ३ का योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम यही पौष २४ गते विणेश्वर माविमा गरिनेछ भने वडा नं ४ र ५ का योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम पौष २५ गते वडा नं ५ को कार्यालयमा गरिने प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । 

यस्तै पौष २६ गते वडा नं ६ का योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम वडा कार्यालयमा सञ्चालन गरिने पुर्चौंडी नगरपालिकाले जनाएको छ । 

वडा नं १, ७ र ८ का योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम पौष २७ गते नगरपालिकाको कार्यालयमा सञ्चालन गरिने बताइएको छ । 

योजनाहरुको सम्झौताका लागि नगरबासीहरुलाई सहज होस भनेर वडाहरुमै गएर योजनाको सम्झौता र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख दीपकबहादुर बमले बताए ।

प्रतिक्रिया