गौरब चन्द - बैतडी : बैतडीको पुर्चाैडी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी डिलेश्वरी नमुना माध्यमिक विद्यालयले हात पारेको छ । ११ स्वर्ण, ४ रजत र ४ काश्य गरी १९ पदक सहित लगातार दोस्रो पटक हात उपाधी उचालेको हो ।
मालिका माध्यमिक विद्यालयले ४ स्वर्ण, ५ रजत र ३ काश्य गरी १२ पदक हात पार्दै द्धितिय भएको छ । यसैगरी भूमीराज माध्यमिक विद्यालय कुवाकोटले ३ स्वर्ण, १ रजत र ४ काश्य गरी ८ पदक हात पारेर तृतिय भएको हो । प्रतियोगितामा नगरपालिका भित्रका १८ ओटा विद्यालयले सहभागीता जनाएको थियो ।
यहि पौष १८ गतेदेखी शनिवार सम्म पुर्चौडी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतिक्रिया