२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

जिल्ला अस्पतालको न्युनतम स्वास्थ्य सेवा मापदण्डको प्रतिशत अंक घटनुमा राज्य दोषी हो : अध्यक्ष भट्ट

SansherOnline SansherOnline
शुक्रबार २०, पुष २०८० १२:२०
जिल्ला अस्पतालको न्युनतम स्वास्थ्य सेवा मापदण्डको प्रतिशत अंक घटनुमा राज्य दोषी हो : अध्यक्ष भट्ट

बैतडी : सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय र निक साइमन इन्स्च्यिुटले गरेको सयुक्त अनुगमनले जिल्ला अस्पताल बैतडी न्युनतम स्वास्थ्य सेवा मापदण्डमा ९३ प्रतिशत अंक ल्याएको सार्वजनिक गरेको छ ।

यो गत वर्षको भन्दा दुई प्रतिशत अंक कम हो । यो प्रतिशत अंक कम हुनुमा राज्य दोषी रहेको जिल्ला अस्पताल बैतडीकी अध्यक्ष पार्वती भट्टले आरोप लगाउनु भयो ।

उनले भने “अस्पतालको लागि आवस्यक जनशक्ति माग गर्दा संघबाट कराका कर्मचारी पठाउने, भएका जनशक्तिलाई सरुवा गरिदिने, चाहिने औजार उपकरणको व्यवस्था नगरिदिने अनी तिनैको  मापदण्डको अधारमा अंक घटाउने यस्को जिम्मा राज्यले लिनु पर्छ” ।
 

अनुगमनमा अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रको प्राविधिक सुविधा, भौतिक संरचना र जनशक्ति र न्युनतम सेवादिन सक्ने औजार उपकरणका सुचकका आधारमा अंक प्रदान गरिएको हो ।
 

जिल्ला अस्पताल बैतडी प्रदेस अनतर्गत रहेको छ । अस्पतालले सक्ने जती जनशक्ति थप्ने काम गरेको र व्यवस्थापन गर्न सक्ने जतीको सेवा दिइरहेकाले यो अंक घटेको नभएर बढेको अध्यक्ष भट्टले दावी समेत गर्नु भयो ।
 

जिल्ला अस्पताल बैतडीमा एक जना मेसु, एक जना मेडीकल अधिकृत लगायत कुल दरवन्दी २२ जनाको भएपनि करार सहित हाल ११ जना चिकित्सकहरु मात्रै कार्यरत रहेका छन् ।

कर्मचारीको आउने जानेक्रमले पनि  न्युनतम स्वस्थ्य मापदण्डको अंकमा कमि आएको जिल्ला अस्पताल बैतडीले जनाएको छ । न्युनतम स्वास्थ्य मापदण्डका आधारमा जिल्ला अस्पताल बैतडी ले ९३ प्रतिशत अंक ल्याएपनि यो अंक उत्कृष्ट नै भएको अनुगमन समितिले जनाएको छ ।

 

प्रतिक्रिया