बैतडी : बैतडीमा जिप दुर्घटना भएको छ । पञ्चेश्वर गाउँपालिका–४ को आम्चौराबाट मेलौलीतर्फ आउदै गरेको ना२च ४५५१ नम्बरको जिप गाउँपालिकाको कार्यालय नजिक दुर्घटना भएको हो । दुर्घटनामापरी ३ जना घाइते भएका छन् ।
उनिहरुको उद्धार भइरहेको स्थानीय एवं पञ्चेश्वर गाउँपालिकाका पोषण स्वयंसेवक नारायणराम सार्कीले जानकारी दिए । उकालोसहितको मोडमा टर्निङ नपुगेर दुर्घटना हुन पुगको बताइएको छ । जिप माथिल्लो मोडबाट तल्लो सडकमा खस्न पुगेको हो । प्रहरीको टोली घटनासथलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया