२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

गर्जे जोड्ने दुवै सडक अघि बढाउन माग गर्दै ,दुदिलाखान–गाँजरी सडक अनिश्चितकालीन बन्द

SansherOnline SansherOnline
सोमबार १६, पुष २०८० ११:०९
गर्जे जोड्ने दुवै सडक अघि बढाउन माग गर्दै ,दुदिलाखान–गाँजरी सडक अनिश्चितकालीन बन्द

बैतडी : बैतडीको सिगास गाउँपालिकाको दुदिलाखान–गाँजरी सडकखण्ड बन्द गरिएको छ । सोमबार बिहानैदेखि दुदीलाखान–गाजरी–कुर्चेनेटा–गर्जे सडक संघर्ष समितिले सडक बन्द गरेको हो।यसअघि प्रेस  विज्ञप्ती जारी गर्दै बन्दको घोषणा गरेका थिए ।

कुर्चीनेटादेखि गर्जे जोड्ने सडक निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै सडक बन्द गरिएको संघर्ष समितिका अध्यक्ष पवन चन्दले जानकारी दिए । बन्दको अवज्ञा गरेर सवारी चलाएको पाइएमा यसउप्रान्त हुने घटनाको स्वयम सवारीधनीले जिम्मेवारी लिनुपर्ने समेत चेतावनी दिइएको छ ।

यसअघि वडा कार्यालयदेखि गाउँपालिकाको कार्यालय, प्रशासनीक निकाय र जिल्ला समन्वय समितिलाई यस सडकका बिषयमा आवश्यक पहल चालिदिन माग गर्दे ज्ञापनपत्र पेश गरेका थिए । तर कुनै सुनुवाई नभएपछि उनिहरुले सडक बन्द गरेका हुन् ।

यस संघर्ष समितिले कुर्चीनेटा देखि गर्जे जोड्ने सडक र धौलाडीदेखि गर्जे जोड्ने दुवै सडक अघि बढाउनुपर्ने माग राखेका छन् । तर वडा नं २ का केही स्थानीयहरुले धौलाडीको सडक निर्माण सम्पन्न नभई कुर्चेनेटा सडक अघि बढाउन नदिने अडान राखेका छन् । 

यतिमात्रै होइन वडा नं २ का केही स्थानीयहरुले कुर्चीनेटा सडकको डिपिआर देखि वातावरणीय प्रभाव मुल्याङ्कन समेत गर्न नदिएको वडा नं १ बासी तथा कुर्चीनेटा–गर्जे सडक संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया