२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

रक्तश्रावका कारण बझाङमा एक गर्भवती महिलाको ज्यान गयो

SansherOnline SansherOnline
आइतबार १५, पुष २०८० १२:४३
रक्तश्रावका कारण बझाङमा एक गर्भवती महिलाको ज्यान गयो

बझाङ : जिल्ला अस्पताल बझाङमा एक गर्भवती महिलाको ज्यान गएको छ ।  मृत्यु हुनेमा केदारस्युँ ६ सिङराल्लीका ३५ वर्षीय गौबडीदेवी धामी रहेकी छन् । उनको बिगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएका कारण बच्चा खेर गइसकेको र आन्तरिक रक्तश्रावका कारण शनिबार दिउँसो ४ः२१ बजे मृत्यु भएको जिल्ला अस्पताल बझाङ स्रोतले बताएको छ । रगत दिएर आइसियुमा राखिएकी उनलाई बचाउन अस्पताल निकै प्रयास गरे पनि नसकिएको बताइएको छ ।

उनमा उच्च रक्त चाप पनि भएकाले घरबाटै समस्या लिएर रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा आएको र स्वास्थ्य केन्द्रले त्यहाँ सम्भव नदेखिएपछि जिल्ला अस्पताल रेफर गरेको केदारस्युँ गाउँपालिका स्वास्थ्य शाखा संयोजक कैलाश बलायरले बताउनुभयो ।

उहाँका अनुसार छिप्पिएको उमेर भएकी धामीले पारिवारिक लापरबाहीकै कारण ज्यान गुमाउनु परेको हो ।  बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला धामीको मृत्यु भएको हो । गाउँघरमा नियमित गर्भ जाँच नहुने भएका कारण बच्चा र आमा दुबैको ज्यान ज्यान जाने गरेको छ ।

प्रतिक्रिया