२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

सिगासमा १६ गते बाट आन्दोलन,दुदिलाखान–गर्जे सडक संघर्ष समितिले गरेयो घोषणा

SansherOnline SansherOnline
शनिबार १४, पुष २०८० ०९:२५
सिगासमा १६ गते बाट आन्दोलन,दुदिलाखान–गर्जे सडक संघर्ष समितिले गरेयो घोषणा

गौरव चन्द -बैतडी : बैतडीको सिगास गाउँपालिका स्थित दुधिलाखान गाजरी गर्जे सडकखण्डको निर्माण विगत लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको भन्दै स्थानीयहरुले संघर्ष समिति गठन गरेको आज १० दिन पुगेको छ । 

पुष ०५ गते गठन गरेको संघर्ष समितिले दुधिलाखान गाजरी कुर्चेनेटादेखि गाउँपालिकाको केन्द्र गर्जेसम्म जोड्ने सडक निर्माण यथासिघ्र अघि बढाउन पहल गर्नुपर्ने माग राख्दै जिल्ला समन्वय र प्रशासनमा ज्ञापन पत्र पेश गरेको ७ दिन पुगेको र कुनै पनि सुनुवाई नभएकोले एक प्रेस  विज्ञप्ती जारी गरी आन्दोलनको घोषणा गरेको संघर्ष समितिका अध्यक्ष पवन चन्दले बताए । आन्दोलन १६ गते बाटहुने जनाएका छन । 

जंगल र खानेपानीका मुहान मासिने भन्दै वडा नं २ का केही स्थानीयहरुले बिरोध जनाएपछि उक्त सडक कुर्चेनेटादेखि अघि बढ्न सकेको छैन । वड नं २ का धौलाडी सहितका केही टोलका स्थानीयहरुले तल्लोबाटो मात्रै निर्माण गर्नुपर्ने माग राखेकाले उक्त सडक अघि बढ्न नदिएको त्यहाका जनप्रतिनिधिहरुले बताएका छन् । 

जनप्रतिनिधिहरुले धौलाडी र कुर्चीनेटाको दुवै सडकलाई अघि बढाउनुपर्नेमा सहमती जनाउन भनेपनि बिरोध कायमै राखिएको बताइएको छ । तर वडा नं १ का स्थानीयहरुले कुर्चीनेटादेखिको सडक अघि बढाउन नसक्दा दुवै वडाका स्थानीयहरुले निकै सास्ती खप्दै आएको भन्दै सडक निर्माण अघि बढाउन माग गरीरहेका छन् ।

हेर्नुहोस प्रेस विज्ञप्ती :

प्रतिक्रिया