२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

पुर्चौडीमा राष्ट्रपति रनिङ शिल्ड पौष १८ देखि सञ्चालन हुने

SansherOnline SansherOnline
शनिबार १४, पुष २०८० १२:०४
पुर्चौडीमा राष्ट्रपति रनिङ शिल्ड पौष १८ देखि सञ्चालन हुने

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष १८ गते देखि सञ्चालन हुने भएको छ । बिहिबार नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकसँग राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजनाबारे छलफल गरिएको हो ।

नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स लगायतका खेलकुद सञ्चालन हुने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष उमेर ननाघेका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ ।

जिल्ला खेलकुद समितिले एक सूचना जारी गर्दै माघ १५ गतेभित्र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न हुने जनाएपछि नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष १८ गते हुन लागेको हो ।  

प्रतिक्रिया