२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

पिएम कप क्रिकेट छनाैट : बैतडी र बझाङ भिड्दै

SansherOnline SansherOnline
शनिबार १४, पुष २०८० ०९:५९
पिएम कप क्रिकेट छनाैट : बैतडी र बझाङ भिड्दै

बैतडी : बैतडीमा शुरू प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट अर्थात इलाइट च्याम्पियनसिपकाे खेलमा बैतडी र बझाङ भिड्दैछन्। दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा बझाङले टस जितेर बैतडीलाई ब्याटिङकाे निम्ता दिएकाे छ।

इलाइट च्याम्पियनसिपकाे पहिलाे खेल खेलिरहेका दुबै टाेली सुखद शुरूवात गर्न चाहन्छ। बझाङ प्लेट च्याम्पियन भएर इलाइट च्याम्पियनसिप खेलिरहेकाे हाे भने बैतडी साेझै इलाइट खेलिरहेको हाे।
घरेलु मैदान र समर्थककाे सहयाेगमा सुखद नतिजा हात पार्न चाहन्छ। अपराजित रहदै प्लेट च्याम्पियन बनेकाे बझाङ पनि उच्च मनाेबलका साथ मैदान उत्रेको छ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएकाे थियोे ।
प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनाैट गरिररहेकाे छ।

गतवर्षकाे प्रदेश छनाैटमा सेमिफाइनल पुगेका टाेलीले साेझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टाेलीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।

प्रतिक्रिया