२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको पुर्चौंडीमा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना

SansherOnline SansherOnline
शुक्रबार १३, पुष २०८० ०५:४३
बैतडीको पुर्चौंडीमा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच पुर्चौंडी नगरपालिकामा स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको हो । 

नगरपालिकाको विपत व्यवस्थापन समितिको नेतृत्वमा स्थापित भएको आपतकालिन सञ्चालन केन्द्रले विपतको पूर्वतयारी,प्रतिकार्यका क्रियाकलापलाई कृयाशिल,आपतकालिन सूचना प्रवाह लगायतका क्रियाकलाप गर्ने गरि शुक्रबार उद्घाटन गरिएको छ ।

विपतको बेला शीघ्र सूचना प्रवाहका लागी नगरपालिकाका विभिन्न सरोकारवाला व्यक्तीहरुको सम्पर्क सहित विवरण राख्ने,उद्धार कार्यदल गठन गर्ने र सूचना प्रवाहमा सहजताका लागी प्रत्येक वडाहरुमा स्वयंसेवक राख्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जानकारी दिए । 

उद्दघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख दिपकबहादुर बम, उपप्रमुख मीना धानुक, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहरा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया