२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बालकुमारीमा ईपीएस परीक्षार्थीकाे प्रदर्शन, मन्त्रीकाे गाडीमा आगजनी

SansherOnline SansherOnline
शुक्रबार १३, पुष २०८० ०१:३८
बालकुमारीमा ईपीएस परीक्षार्थीकाे प्रदर्शन, मन्त्रीकाे गाडीमा आगजनी

काठमाण्डौ : ललितपुरको बालकुमारी क्षेत्रमा तनाव भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर परीक्षार्थीले प्रदशर्न गरेका कारण बालकुमारी क्षेत्रमा तनाव भएको हाे । 

यस क्षेत्रमा केही दिन अघिदेखि ईपीएस परीक्षार्थीले प्रदर्शन गर्दै आएका र आज शुक्रवार पनि झन्डै दुई हजारको सङ्ख्यामा रहेका उनीहरूले प्रदर्शन गरेको ललितपुर प्रहरीले जनाएको छ । प्रदर्शनकारीले एक जना मन्त्रीको गाडीमा आगजनी गरेको र गाडी कुन मन्त्रीको भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

ईपीएस अनुत्तीर्ण परीक्षार्थीले २०२४ मा हुनुपर्ने परीक्षा अहिले २०२३ मै लिनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका ललितपुर प्रहरीले जनाएको छ । प्रदर्शनका कारण अहिले सातदोबाटोदेखि बालकुमारीसम्मको सडक अस्तव्यस्त रहेको छ ।

प्रतिक्रिया