बैतडी : बैतडीको सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा नम्बर २ मा रहेको श्री शिवलिङ्ग माध्यमिक विद्यालय धौलाडीले उपाधी हात पारेको छ । पौष ७ गते देखि आज सम्म सञ्चालन भएको प्रतियोगितामा सो विद्यालय प्रथम हुदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी उचालेको हो ।
प्रथम उपाधी उचालेको शिवलिङ्ग मावि धौलाडीले ७ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको छ ।
यस्तै सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको द्वितीय विजेता शारदा माध्यमिक विद्यालय ढुङ्गाड भएको छ । ६ स्वर्ण, २ रजत र १ कास्य पदक गरी शारदा माध्यमिक विद्यालयले द्वितीय स्थान हात पारेको हो ।
यस्तै अर्जुन माध्यमिक विद्यालय गाँजरीले ४ स्वर्ण, ७ रजत र ३ कास्य पदक गरी तृतीय स्थान हासिल गरेको छ ।
आज सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहमा सभाधक्ष्य वडा नं. १ का अध्यक्ष रामचन्द्र ऐेरी, प्रमुख अतिथि बैतडी जिल्ला समन्वय समिति प्रमुख खगेन्द्र सिह धामी, सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी, शिक्षा अधिकृत रमेश प्रसाद भट्ट लगायत विभिन्न राजनीतिक दलका प्रमुखहरु, शिक्षाप्रेमी, बुद्दिजिबी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया