बैतडी : जिल्लाको पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विनोदकुमार कुंवरलाई दिइएको छ ।
पुर्चौंडी नगरपालिका असोज २५ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएपछि मंगलबार बसेको नगरकार्यपालिकाको बैठकले कुंवरलाई प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी दिनका लागि सिफारिश गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत रहेका कुंवरलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि
बढीमा दुई महिना प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक तथा प्रशासनिक कार्य गर्ने जिम्मेवारी दिएको हो ।
प्रतिक्रिया