बैतडी : नेपाल कृकेट संघ क्यानका अध्यक्ष चतुर वहादुर चन्दले खेलमा खेलाडीहरुलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिएका छन् । उनले सरकारले अहिले सम्म खेलाडीहरुलाई आत्मनिर्भर बनाउन नसकेको बताएका छन् ।
जिल्ला कृकेट संघ बैतडीले आयोजना गरेको जिल्ला स्तरिय कृकेट समापन गर्न गृह जिल्ला बैतडी पुगेका अध्यक्ष चन्दले सरकारले खेलाडीहरुलाई बधाई दिएरमात्र नपुग्ने र उनीहरुलाई आत्मनिर्भर कसरी बनाउने भन्ने निती ल्याउनु पर्ने बताउनु भयो ।
अहिले सहरमा र तराईमा मात्र कृकेटको क्रेज नभएर गाउँघर पहाडमा समेत यसको क्रेज बढ्दो भएकाले सरकारले प्रत्येक जिल्लामा सुविधा सम्पन्न खेल मैदान बनाउनु पर्नेमा उहाँले जोडदिनु भयो । खेलमैदानको समस्याका बावजुदपनि खेलाडीहरुले उत्कृष्ट खेलखेलेकाले खेलाडीहरुलाई धन्यवाद समेत दिनु भयो ।
शुदुरपश्चिम प्रदेसले लगत्तै लगानी सम्मेलन गरिरहेकाले सम्मेलनमा कृकेट सम्वन्धि प्रस्ताव लगेर छलफल गर्नको लागि आफु तयार रहेको शुदूरपश्चिम प्रदेसका निवर्तमान मुख्यमन्त्री एवम नेकपा एमालेका संसदिय दलका नेता राजेन्द्र रावलले बताउनु भयो ।
शुदूरपश्चिम प्रदेस नेकपा एमालेका संसदिय दलका नेता राजेन्द्र रावल
समापन कार्यक्रममा वोल्दै कृकेट संघ बैतडीका अध्यक्ष विनोद चन्दले विभिन्न चुनैती र पुर्वाधार समस्याका बावजुदपनि एक दिवसीय फर्मेटमा खेल खेलाउन सफल भएको र यस्को लागि विभिन्न निकाय र व्यक्तिबाट सहयोग प्राप्त भएकोमा सबैलाई धन्यवाद दिनु भयो ।
जिल्ला अध्यक्ष चन्दले जिल्ला कृकेट संघ संग खेल खेलाउन आर्थिक समस्या भएकाले यस्को लागि सबै स्थानीयहरुले कोष स्थाप्ना गरि खोलडीको आर्थिक स्तर उकास्न र स्थानीय खेललाई प्रोत्साहन गर्न आग्रह समेत गर्नु भयो ।
कृकेट संघ बैतडीका अध्यक्ष विनोद चन्द
प्रतिक्रिया