बैतडी : काठमाडौं महानगरपालिकाले बैतडीको सिगास गाउँपालिकालाई एम्बुलेन्स दिने भएको छ । (ख) वर्गको एम्बुलेन्स उपलब्ध गराइने भएकाले आवश्यक प्रक्रियामा आउन गाउँपालिकालाई महानगरले आग्रह गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमका प्रक्रियामा आउन भनिएको हो ।
महानगरपालिकाले गत असोज ४ गते एम्बुलेन्स आवश्यक पालिकालाई विवरणसहित माग गर्न भनेको थियो । त्यसै सूचनाको आधारमा सिगास गाउँपालिकाले एम्बुलेन्स माग गरेको थियो ।
प्रतिक्रिया