२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

माओवादी केन्द्रको वडा नम्वर १० बिजयपुरमा चुनावी आम सभा सम्पन्न

SansherOnline SansherOnline
बुधबार १४, बैशाख २०७९ ०६:५५
माओवादी केन्द्रको वडा नम्वर १० बिजयपुरमा चुनावी आम सभा सम्पन्न

बैतडी । माओवादी केन्द्र पुर्चौडिनगरपालिकाले आज चुनावी आम सभा सम्पन्न गरेको छ । नगरपालिकाले आज वडा नम्वर १० बिजयपुरमा चुनावी आम सभा सम्पन्न गरेको हो ।

माओवादी केन्द्रले आयोजना गरेको सो भेलामा  नेकपा माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुवर बिजय सुन्दरको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको हो । बिशिस्ट अथिती प्रदेश उपाध्यक्ष  रण बहादुर कुवर लगाए पुर्चौडि नगरपालिकाका मेयरका उम्मेदवार बिक्रम कुवर प्रतीक उप मेयरका उम्मेदवार नन्दा शाह भास्कर बडु लगायतको टिमले कार्यक्रम लाई  सम्बोधन गर्नु भएको थियो ।

उक्त चुनावी आमसभामा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताका साथै शुभेच्छुक मतदाताहरुको बाक्लो  उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा एमाले र कांग्रेस पाटी परित्याग गरि १२ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका नेता धन बहादुर बोहराले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया