बैतडी : बैतडीको नयाँ प्रमुख जिल्ला अधिकारीमा भीमकान्त शर्मा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएपछि शर्मा बैतडीको सिडिओमा आउने भएका हुन् ।
गृहमन्त्रालयमा कार्यरत उपसचिव शर्मालाई बैतडीको प्रमुख जिल्ला अधिकारीको रुपमा गृहमन्त्रालयले सरुवा गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए ।
प्रतिक्रिया