२०८१ बैशाख २५ गते मङ्गलबार
ट्रेन्डिङ

बैतडीका सिडिओ पन्थीको सरुवा अब कहाँ पुगे ?

SansherOnline SansherOnline
शनिबार ३०, मङि्सर २०८० ०९:५५
बैतडीका सिडिओ पन्थीको सरुवा अब कहाँ पुगे ?

बैतडी : गृह मन्त्रालयले बैतडीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । बैतडीका सिडिओ सुरेश पन्थी सहित १६ जना सहसचिवको सरुवा गरेको हो । पन्थीलाई बैतडीबाट नवलपरासीे पश्चिमको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको हो । 

२०७९ जेठमा प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडी आएका पन्थीको डेढ बर्षपछि सरुवा भएको हो । 

पन्थीको बैतडीबाट सरुवा गरेको भएपनि बैतडीको सिडिओमा कसलाई पठाउने भन्ने बारेमा केही निर्णय भएको छैन् । बैतडीमा आउने सिडिओको टुंगो लागेपछि मात्रै प्रमुख जिल्ला अधिकारी पन्थी बैतडीबाट नवलपरासी पश्चिम जाने जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ । 

बैतडीमा डेढ बर्षको बसाइ निकै उपलब्धीमूलक

जिल्लाका सबै जसो दुगर्म क्षेत्रमा पुगेर सरकारी सेवालाई प्रभावकारी बनाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । दुगर्म क्षेत्रमा अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुलाई प्रमुख जिल्ला अधिकारी पन्थीको नेतृत्वमा कारवाही गरिएको थियो । 

जिल्ला प्रशासन कार्यालयको सेवालाई सेवाग्राहीमैत्री बनाउन पन्थीकै कार्यकालमा विद्युतीय टोकन प्रणालीको शुरुवात गरिएको छ भने आवश्यक कागजातहरुको फोटोकपी र इमेल इन्टरनेटको व्यवस्था समेत प्रशासन परिसरभित्र निशुल्क रुपमा गर्ने गरिएको छ । 

 

 

प्रतिक्रिया