२०८१ बैशाख २६ गते बुधबार
ट्रेन्डिङ

पुर्चौडीका स्वास्थ्य संयोजक कुंवरले दिए आमा बुबाको सम्झनामा छात्रवृत्ति

SansherOnline SansherOnline
शनिबार ३०, मङि्सर २०८० ०९:०६
पुर्चौडीका स्वास्थ्य संयोजक कुंवरले दिए आमा बुबाको सम्झनामा छात्रवृत्ति

बैतडी : जिल्लाको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुंवरले आफ्ना आमाबुबाको सम्झनामा विपन्न गरिव जेहन्दार विद्यार्थीलाई काशी पदमा विपन्न जेहेन्दार छात्रवृत्ति प्रदान गरेका छन् ।

स्कुलको वार्षिकोत्सव कार्यक्रममा संयोजक कुंवरले  डिलेश्वरी नमुना माध्यमिक विद्यालयका विपन्न गरिव जेहेन्दार एक जना छात्र र एक जना छात्रलाई जनही १२ हजार नगद छात्रवृत्ति प्रदान गरिएको हो ।

संयोजक कुंवरले बुबा स्वर्गिय काशी कुँवर र आमा स्वर्गिय पदमा कुंवरको स्मृतीमा शैक्षिक शत्र २०७९ देखी छात्रवृत्ति प्रदान गर्दै आएको स्कुलले जनाएको छ । विद्यालयका कक्षा १० मा अध्यनरत का सरोज धनुषे र कक्षा १२ की बबिता महराले सो छात्रवृती पाएका हुन् ।

जेहेन्दार विद्यार्थिले अगामी दिनमा त्यो भन्दा पनि बढि प्रगती गरुन र अरु विद्यार्थिले पनि तिनीहरुबाट मिहेनत गर्न सिकन भन्ने उद्देश्यले आमाबुबाको सम्झानामा छात्रवृती प्रदान गरेको संयोजक कुंवरले बताउनु भयो ।

प्रतिक्रिया