२०८१ बैशाख २५ गते मङ्गलबार
ट्रेन्डिङ

पञ्चेश्वरको महाकालीको पानी लिफ्ट गर्ने योजना

SansherOnline SansherOnline
शुक्रबार २९, मङि्सर २०८० ०६:०७
पञ्चेश्वरको महाकालीको पानी लिफ्ट गर्ने योजना

बैतडी : पञ्चेश्वर गाउँपालिकाको सिमाना हुँदै महाकाली नदी बग्ने गर्दछ । पञ्चेश्वर गाउँपालिकाले साझेदार सस्था संग मिलेर महाकाली नदीको पानी लिफ्ट मार्फत तान्ने योजना अघि बढाएको छ ।

छेउमै महाकाली नदी बगेपनि नदी छेउ किनारतिरका वस्तीहरु भने आकासे पानीको भरमा खेतीपाती गर्ने भएकाले यस्तो वाध्यता हटाउनको लागि साझेदार सस्था संग मिलेर नदीको पानी लिफ्ट मार्फत तान्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष गोरख वहादुर चन्दले बताउनु भयो ।

गाउँपालिकाले यो योजनाको लागि साझेदार सस्था ग्रामिण विकास एवंम वातावरण समाज (रुडेस) बैतडी संग साझेदारी गर्ने योजना बनाएको छ । गाउँपालिकाले महाकालीको पानीलाई लिफ्ट गर्ने हो भने गाउँपालिकाका धेरै जनता सिचाई र खानेपानीमा लभांवित हुने छन् । 

यस अघि रुडेसले जिल्लाकै दशरथचन्द नगरपालिका १० को तिरखडेनी र बुरकिल गाउँमा महाकाली नदीको पानी तानेर बर्षौ देखि बाझो रहेको जमिन सिचाई गराई कृषकहरुलाई सिचाई सुविधा उपलव्ध गराएको थियो । 

प्रतिक्रिया