२०८१ बैशाख २५ गते मङ्गलबार
ट्रेन्डिङ

बैतडीको एक घरमा आगलागी

SansherOnline SansherOnline
बिहिबार २८, मङि्सर २०८० ०९:०३
बैतडीको एक घरमा आगलागी

बैतडी : बैतडीको एक घरमा आगलागी भएको छ । जिल्लाको पाटन नगरपालिका–२ बिनोडास्थित जयन्ती पन्तको घरमा बुधबार राति साढे ११ बजेतिर आगलागी भएको स्थानीय ईश्वरदत्त पन्तले बताए ।

आगलागीबाट पन्तको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । दुईकोठा र एक भान्सा भएको काठको भुँइतले घरमा आगलागी भएको र आगलागीबाट घरमा भएको सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

भान्सा कोठामा बालेको आगो घरमा सल्किएपछि आगलागी भएको हो । जयन्ती पन्त र उनका दुई छोरा तल्लो घरमा रहेकाले मानवीय क्षति नभएको पन्तले बताए ।आगलागीबाट पन्तको घरभित्र रहेका अन्नपात, भाँडाकुडा, गरगहना र नगद २५ हजार जलेर नष्ट भएका प्रारम्भिक जानकारी आएको छ ।

 

प्रतिक्रिया