२०८१ बैशाख २५ गते मङ्गलबार
ट्रेन्डिङ

दोगडाकेदारका हाकिम हिँडे, ३ महिनामै सरुवा

SansherOnline SansherOnline
बुधबार २७, मङि्सर २०८० ०७:०६
दोगडाकेदारका हाकिम हिँडे, ३ महिनामै सरुवा

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रप्रसाद थारु ३ महिनामै सरुवा भएको छ । पालिकामा उनले साढे ३ महिनामात्र काम गर्न पाए । गाउँपालिकामा गत भदौ १८ गते हाजिर भएका थारुको कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सरुवा भएको हो । 

सामान्यत निजामती कर्मचारीहरु कम्तीमा दुई वर्ष एकै ठाउँ बस्न पाउने निजामती सेवा ऐनमा छ। तर समय नपुग्दै कर्मचारीहरुको सरुवा हुने गरेको छ। यस्तो सरुवा सबैभन्दा बढी स्थानीय तहमा छ।

त्यस्तै सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खटाएका अधिकृतहरुको यसअघि नै सरुवा भइसकेको थियो । 

 

 

 

प्रतिक्रिया