डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका–३ मा ग १ ज ८१९४ नम्बरको जीप दुर्घटना भएको हो।
कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।
८ जना घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ।
प्रतिक्रिया