२०८१ बैशाख २५ गते मङ्गलबार
ट्रेन्डिङ

डडेल्धुरा–कञ्चनपुर महाकाली करिडोर भएर आवतजावत गर्न सकिने

SansherOnline SansherOnline
बुधबार २७, मङि्सर २०८० १०:०९
डडेल्धुरा–कञ्चनपुर महाकाली करिडोर भएर आवतजावत गर्न सकिने

डडेल्धुरा : महाकाली करिडोर भएर डडेल्धुरादेखि कञ्चनपुरसम्म आवतजावत गर्न सकिने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ट्याक खोल्ने काम सम्पन्न भएसंगै करिडोरको डडेल्धुरा–कञ्चनपुर खण्डमा मोटर चलेको हो । करिडोरअन्तर्गत ब्रह्मदेवदेखि डडेल्धुराको करालीसम्म १५ किलोमिटर ट्याक खोल्ने जिम्मा दिवा÷शनिदेव जेभीले पाएको थियो । ०७८ असार २८ गते ठेक्का सम्झौता भएकोमा सोमबार ट्याक खोल्ने काम सम्पन्न भएपछि मोटर चलेको हो ।

महाकाली करिडोरका योजना प्रमुख लक्ष्मणदत्त जोशीले १५ किलोमिटर ट्याक खोल्ने काम सम्पन्न भएसंगै अब ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ३८ किलोमिटर सडकमा मोटर चलेको जानकारी दिए । उनका अनुसार महाकाली करिडोरअन्तर्गत डडेल्धुरामा मात्रै अझै ३१ किलोमिटर ट्याक खोल्न बाँकी छ । दुई साता अगाडि मात्रै हामी रुख कटानको आदेश आएको बताउँदै उनले अब काम अगाडि बढ्ने बताए ।

महाकाली करिडोरअन्तर्गत ब्रह्मदेवदेखि तिंकरसम्म ४ सय १३ किलोमिटर रहेकोमा ब्रह्मदेवदेखि दार्चुलाको तुसरपानीसम्म ३ सय ३४ किलोमिटर सडक महाकाली करिडोरको योजना कार्यालय र त्यहाँदेखि तिंकरसम्म ७९ किलोमिटर नेपाली सेनाले बनाउने जिम्मा पाएको छ ।

योजना कार्यालयले जिम्मा पाएको ३ सय ३४ किलोमिटरमध्ये २ सय ३१ किलोमिटर ट्याक खोल्ने काम सम्पन्न भएको योजना प्रमुख जोशीले बताए । ३२ किलोमिटर दार्चुला र ५ किलोमिटर डडेल्धुरा गरि ३७ किलोमिटर कालोपत्रे गर्न एउट ठेक्का चालू छ भने बाँकी १६ वटा ट्याक निर्माणका लागि ठेक्का चालू अवस्थामा छन् 

प्रतिक्रिया