२०८१ बैशाख २५ गते मङ्गलबार
ट्रेन्डिङ

सुर्नया हत्या प्रकरण : ‘साइको किलर’ तेज लाई उनकै घरबाट पक्राउ

SansherOnline SansherOnline
मङ्गलबार २६, मङि्सर २०८० ०६:५४
सुर्नया हत्या प्रकरण :  ‘साइको किलर’ तेज लाई उनकै घरबाट पक्राउ

बैतडी : सुर्नया गाउँपालिका ३ बिजुल स्थित अन्ताजी ५६ वर्षीया हरिना बिष्टलाई मंगलबार दिउँसो सब्बल र हसिया प्रयोग गरी बीभत्स हत्या गर्ने सोही ठाउँका अन्ताजी २९ वर्षीय तेज बहादुर चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक खेम बिक्रम केसीले जानकारी दिए । चन्दलाई उनको घरबाटै नियन्त्रणमा लिएको उनले बताए । 

चन्दले बिष्टलाई घरको ढोका फुटाएर घरभित्रै पसी सब्बल र हसिया प्रयोग गरी हत्या गरेका थिए । मानसिक सन्तुलन ठिक नभएका चन्दले बिष्टको घरमा रहेका २ बाख्रालाई पनि काटेर हिनेको बताइएको छ । 

सम्बन्धित समाचार :

https://sansheronline.com/news/1641 बैतडीमा एक महिलाको बीभत्स हत्या,सुर्नया ३ का तेजले हत्या गरेको खुलासा 

प्रतिक्रिया