२०८१ बैशाख २५ गते मङ्गलबार
ट्रेन्डिङ

बैतडीमा एक महिलाको बीभत्स हत्या,सुर्नया ३ का तेजले हत्या गरेको खुलासा

SansherOnline SansherOnline
मङ्गलबार २६, मङि्सर २०८० ०६:०९
बैतडीमा एक महिलाको बीभत्स हत्या,सुर्नया ३ का तेजले हत्या गरेको खुलासा

बैतडी : बैतडीमा धारिलो हतियार प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । सुर्नया गाउँपालिका वडा नं ३ को बिजुल भन्ने ठाउँकी ५६ वर्षीया हरिना बिष्टको सोही ठाउँका अन्ताजी ३२ वर्र्षीय  वर्षीय  तेज बहादुर चन्दले बीभत्स हत्या गरेको खुलेको छ । 

बिष्टको शव क्षतबिक्षत अवस्थामा घरको ढोकामा रहेको छ । स्थानीयहरु त्रसित बनेका छन् । घटनास्थलमा प्रहरी गइरहेको छ । चन्द भने फरार छन् । 

मानसिक सन्तुलन ठिक नभएका चन्दले बिष्टको घरमै गएर सब्बल, हसिया लगायतका धारिलो हतियार प्रयोग गरेर विभत्स हत्या गरेका हुन् । चन्दले बिष्टको हत्या गरेपछि गोठका २ वटा बाख्रा पनि मारेको स्थानीय भुवन भट्टले जानकारी दिए ।   

प्रतिक्रिया