२०८१ बैशाख २४ गते सोमबार
ट्रेन्डिङ

सिगासका ५ जना जेहेन्दार विद्यार्थीलाई झोला वितरण,किशोर किशोरी सञ्जाल पनि गठन

SansherOnline SansherOnline
मङ्गलबार २६, मङि्सर २०८० ०५:१३
सिगासका ५ जना जेहेन्दार विद्यार्थीलाई झोला वितरण,किशोर किशोरी सञ्जाल पनि गठन

बैतडी : बैतडीको सिगास गाउँपालिकाका ५ जना रुपान्तरण कार्यक्रममा सहभागी किशोर किशोरीलाई झोला वितरण गरिएको छ ‌।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भीएसओको आर्थिक सहयोग तथा पिसवीन नेपालको साझेदारीमा सिगास गाउँपालिका – ४ गढतोलामा सञ्चालनमा रहेकाे रुपान्तरण कार्यक्रम अन्तर्गत जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको रुपान्तरण सहजकर्ता विनोद साउदले जानकारी दिनुभयो ।

झोला वितरण कार्यक्रममा शिव माध्यमिक विद्यालयका शिक्षक, रुपान्तरण सहजकर्ता लगायत रुपान्तरण कार्यक्रममा सहभागी किशोर किशोरीहरुको उपस्थिति रहेको थियो ‌।

विगत २ वर्ष यता रुपान्तरण कार्यक्रमले बालविवाहले पार्ने असर, बालबिवाह अन्त्यका लागि पहलकदमी, सामाजिक कुरिती बारे सिकाउँदै बालबिवाह अन्त्यका लागि पहलकदमी चलाउँदै आएको छ ‌।

रुपान्तरण कार्यक्रम मार्फत आज सिगासका रुपान्तरण कार्यक्रममा सहभागी ५ जना जेहेन्दार किशोर किशोरी कोपीला धामी, अम्बिका धामी, कलावती बोहरा, भान साउद र पदम राम लुहारलाइ झोला वितरण गरिएको रुपान्तरण सहजकर्ता साउदले बताए ।

रुपान्तरण कार्यक्रम मार्फत वितरण गरिएको झोला वितरण शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक वीर बहादुर बोहराले गरेका थिए । झोला वितरण कार्यक्रममा अधिकांश शिक्षक, विद्यार्थीले बालबिवाह गर्न नहुने बताएका थिए । बालबिवाह सामजिक अपराध भएको भन्दै रुपान्तरण कार्यक्रम मार्फत सिकेको बाल विवाह अन्त्यको नारा साकार पार्नुपर्ने रुपान्तरण कार्यक्रममा सहभागी किशोर किशोरीहरुको भनाइ थियो ।

यस्तै सिगास गाउँपालिका स्तरीय किशोर किशोरी समूह पनि गठन गरिएको छ । शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक वीर बहादुर बोहरा सहित ५० जना अन्य किशोर किशोरीहरुको उपस्थितिमा २८ सदस्यीय परिवर्तनशील किशोर किशोरी सञ्जाल गठन गरिएको छ ।

बालबिवाह न्युनिकरण परियोजना अन्तर्गत किशोर किशोरी समूहको दिगोपनाका लागि किशोर किशोरी सञ्जाल गठन गरिएको रुपान्तरण सहजकर्ता विनोद साउदले बताए ।

वडा स्तरिय परिवर्तनशील किशोर किशोरी सञ्जालको अध्यक्षमा हर्क बहादुर धामी, उपाध्यक्ष दुर्गा बोहरा, सचिव चन्द्र सिंह धामी, सह सचिव कोपीला धामी, कोषाध्यक्ष खडक सिंह धामी सहित २३ सदस्य सहित किशोर किशोरी सञ्जाल गठन गरिएको उहाँले बताए ।

वडा स्तरिय किशोर किशोरी सञ्जालले रुपान्तरण कार्यक्रम अन्तर्गत बालबिवाह अन्त्यका लागि आवाज उठाउने, बालबिवाह अन्त्यका लागि वडा सँग सहकार्य समन्वय गर्ने, बालबालिकाको कार्यक्रम आयोजना गर्न वडा बाट बजेट माग गर्ने, वडा भित्र बालबालिकाको हक हितको लागि काम गर्ने, वडा भित्र बालविवाह भएको खण्डमा वडालाइ जानकारी गराउने र कानुनी दायरामा ल्याउन भूमिका खेल्ने रुपान्तरण सहजकर्ता साउदले जानकारी दिए ।

प्रतिक्रिया