२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

पञ्चेश्वरमा १० शैयाको अस्पताल बन्ने भयो , सिलान्यास गरे गाउँपालिका अध्यक्ष चन्दले

SansherOnline SansherOnline
शनिबार २३, मङि्सर २०८० ०६:२२
पञ्चेश्वरमा १० शैयाको अस्पताल बन्ने भयो , सिलान्यास गरे गाउँपालिका अध्यक्ष चन्दले

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकाको वडा न ४ आम्चौरामा १० सैयाको अधारभुत अस्पताल बन्ने भएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले शिलान्यास गर्नु भएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष,विना भट्ट प्रमुख प्रसाशकिय अधिकृत कृष्ण बहादुर बोहरा, वडाअध्यक्षहरु, गाउँपालिका कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।

स्थान विवादले लामो समयदेखी अस्पतालको ठिक्का प्रक्रिया नै सुरु भएको थिएन् । विवादले डिपिआर नै परिर्वतन गरेर ठेक्का सम्झैता भइसकेको प्राविधिक शाखा प्रमुख घनश्याम मौनीले बताए ।

संघ सरकारले यसमा ६० प्रतिशत लागानी गर्ने छ भने ४० प्रतिशत स्थानीय सरकार अर्थात पञ्चेश्वर गाउँपालिका गाउँकार्यपालिकाले प्रत्येक बर्ष लगानी गर्ने पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा प्रवक्ता जनकबहादुर चन्दले बताउनुभयो ।

आम्चौरामा अस्पताल बन्ने भएपपिछ स्थानीय हर्षित छन । अस्पताल नहुदाँ यहाँका नागरिक मेलालै, पाटन, बैतडी सदरमुकाम, डडेल्धुरा, धनगढी तथा महाकालीमा जोखीम मोलेर भारत समेत जाने गरेका छन । 

प्रतिक्रिया