२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

पत्रकार चन्द्रमुस्कान जोशीलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय

SansherOnline SansherOnline
आइतबार ११, बैशाख २०७९ ०२:४३
पत्रकार चन्द्रमुस्कान जोशीलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय

बैतडी । आसन्न बैसाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि नेकपा एकिकृत समाजवादीले बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ बाट पत्रकार चन्द्रमुस्कान जोशीलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

समाजवादी प्रेस संगठन बैतडीका अध्यक्ष तथा “कालापानी, लिपुलेक,लिम्पियाधुरा बचाँउ”अभियानका अभियान्ता समेत रहनुभएका जोशीलाई सर्वसम्मत वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको नेकपा एकिकृत समाजवादीले जनाएको छ ।

यस्तै वडाको अध्यक्ष पदका लागि सिफरिस भएका जोशीले पत्रकारको नजरबाट देखेका समस्या जनप्रतिनिधि भएर हल गर्ने प्रयासमा लागेको बताउनुभयो । जोशीले भने,“युवाहरुले गुनासो नगरी आफ्नो ठाँउको बिकासका गर्न आफै अग्रसर हुनुपर्छ । त्यो राजनितिबाट मात्र हुने भएकाले म वडा अध्यक्ष पदको उम्मेदवार बन्न खोजेको हुँ । ”

जिल्लामा रहदा डेढ दशक रेडियो सनशेर १०६.६ मेगार्हजमा कार्यरथ  जोशीले जनताले आफुलाई जिताएमा गाँउको बिकास ,सुशासन र समृद्धिका लागि काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया