बैतडी: बैतडीको सिगास गाउँपालिका र स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा आज स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
गाउँपालिकाको वडा नं. ३ स्थित सामुदायिक स्वास्थ्य ईकाई कोटीलीमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य निरीक्षक घनश्याम बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिगास गाउँपालिका र स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा आज शिगास माध्यमिक विद्यालय कोटीलीमा बिहान १० बजे देखि बेलुका ५ बजे सम्म शिविर सञ्चालन हुने जानकारी दिनुभयो ।
शिविरमा तल्लोपेटको समस्या भएका महिलाहरुको उपचार, गर्भवती महिलाहरुको लागि अल्ट्रासाउण्ड सेवा, परिवार नियोजन ( इम्प्लान्ट / आई. यु.सि.डी.) सेवा, पाटेघरको क्यान्सर पहिचान, आङ् खस्ने महिलाको उपचार तथा प्रेषण सेवाका साथै जनचेतनामूलक नाटक प्रदर्शनी हुने उहाँले बताउनु भयो
सम्बन्धित समसमया भएका सेवाग्राही आई सेवा लिन हुन स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य निरीक्षक बोहराले अनुरोध समेत गर्नुभएको छ ।
प्रतिक्रिया