बैतडी : बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। दशरथचन्द नगरपालिका–२ ज्वाँकट्टेका ४५ बर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।
बाख्रा चराइरहेका धामीमाथि चितुवाले आक्रमणगरी घाइते बनाएको आफन्तले बताएका छन् । धामीको हातमा चोट लागेको र जिल्ला अस्पताल बैतडीमा उपचार गरिएको आफन्त कृष्ण बहादुर बोहराले बताए । अन्य गोठालाहरुले चितुवाले आक्रमण गरेको थाहा पाएपछि सबै मिलेर चितुवालाई धपाएका थिए ।
प्रतिक्रिया