२०८१ जेठ ०१ गते मङ्गलबार
ट्रेन्डिङ

दार्चुलामा नगर बस र पवनदुत यातायातको बस एकआपसमा ठोक्किए

SansherOnline SansherOnline
सोमबार ११, मङि्सर २०८० ०४:५७
दार्चुलामा नगर बस र पवनदुत यातायातको बस एकआपसमा ठोक्किए

दार्चुला : दार्चुलामा बस एकआपसमा ठोक्किएका छन् । महाकाली नगरपालिकाको नगर बस र पवनदुत यातायातको बस सोमबार दिउँसो महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका –८ थप्तोली भन्ने ठाउँमा ठोकिएका हुन् । 

सु.प.प्र.०१००१ ख २३९३ नम्बरको नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो ।सु.प.प्र. ०२००१ ख ११४७ नम्बरको पवनदुत यातायातको बस दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको थियो । 

दुवै बस एकआपसमा ठोक्किँदा बसहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । नगर बसमा बढी क्षति पुगेको उनले बताए ।

 

प्रतिक्रिया