बैतडी : बैतडीको मेलौली भगवती मन्दिरमा लाग्ने जात्रा ‘देहिजाँत’को लागि दुई दिन सार्वजनिक बिदा दिइएको छ। मेलौली नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै यहि मंसिर १० र ११ गतेका दिन बिदा दिने निर्णय गरेको छ।
सार्वजनिक बिदाका दिन नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत सपना कार्किले जानकारी दिनुभयो ।
प्रतिक्रिया