२०८१ जेठ ०६ गते आइतबार
ट्रेन्डिङ

जात्राको रौनक, बैतडीका दुई पालिकामा आज बिदा

SansherOnline SansherOnline
बुधबार ०६, मङि्सर २०८० ०७:५५
जात्राको रौनक, बैतडीका दुई पालिकामा आज बिदा

बैतडी : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सकिएसंगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीलगायत जिल्लामा कार्तिक शुक्ल पक्षको सुरुआतसंगै जात्राको रौनक सुरु भएको हो । तिहारको दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णीमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ ।

जिल्लाको दशरथचन्द नगरपालिका र पुर्चौंडी नगरपालिकामा आज बिदा दिइएको हो । पुर्चौंडी नगरपालिका क्षेत्रभित्र भोलि पनि बिदा रहेको नगरपालिकाले जनाएको छ । 

दशरथचन्द नगरपालिका वडा नं ८ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्दै आएको छ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गर्दछन् । 

यसैगरी जिल्लाको पुर्चौंडी नगरपालिकाले राताशीला त्रिवेणी धाममा लाग्ने गिरेगडा कफलाखाना जात्राको अवसरमा दुई दिन स्थानीय बिदा दिएको हो । आज र भोलि नगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको नगरपालिकाले जनाएको छ । 

 

प्रतिक्रिया