२०८१ जेठ ०६ गते आइतबार
ट्रेन्डिङ

सुदूरपश्चिम कलाकार समाजद्वारा बझाङका भूकम्प पीडितलाई राहत

SansherOnline SansherOnline
मङ्गलबार ०५, मङि्सर २०८० १०:०६
सुदूरपश्चिम कलाकार समाजद्वारा बझाङका भूकम्प पीडितलाई राहत

बझाङः बझाङका भूकम्प पीडितलाई सुदूरपश्चिम कलाकार समाज काठमाडौँले राहत उपलब्ध गराएको छ। मंगलबार सदरमुकाम चैनपुरमा रहेका भुकम्प पीडित परिवारलाई कलाकार समाजले राहत उपल्ब्ध गराएको हो।

काठमाडौंमा देउसीभैलो खेलेर तथा अन्य समाजसेवीहरुले उपलब्ध गराएको रकमबाट बझाङको जयपृथ्वी नगरपालिकाका भुकम्प पीडितलाई राहत उलपब्ध गराएको सुदूरपश्चिम कलाकार समाजका सचिव एवम् कलाकार टेक बोगटीले जानकारी दिए।

१५ घरपरिवारलाई आज सुदूरपश्चिम कलाकार समाजले १ लाख भन्दा बढीको राहत सामाग्री प्रदान गरेको उनले बताए। १५ परिवारका करिब ७५ जना सदस्यहरुलाई चामल, ट्र¥याकसुट सुट, व्यालेङ्केड, साबुन लगाएत सामाग्री वितरण गरेको सुदूरपश्चिम कलाकार समाज काठमाडौंका अध्यक्ष सुरेश बोहराले बताए। 

प्रतिक्रिया