२०८१ बैशाख २८ गते शुक्रबार
ट्रेन्डिङ

विश्व शौचालय दिवस : अझै सार्वजनिक शौचालयको अभाव छ बैतडीमा

SansherOnline SansherOnline
सोमबार ०४, मङि्सर २०८० ०८:१०
विश्व शौचालय दिवस : अझै सार्वजनिक शौचालयको अभाव छ बैतडीमा

बैतडी-गौरब चन्द : शौचालय निर्माणको अभियान चलाएर खुला दिसामुक्त घोषणा गरिएको बैतडी जिल्लामा सार्वजनिक शौचालयको अभाव छ । अहिले जिल्लाका अधिकांश स्थानमा सार्वजनिक शौचालय छैनन् । जसले गर्दा यात्रु र स्थानीयसमेत मनपरी शौच गर्न बाध्य छन् । 

सार्वजनिक शौचालय भएको स्थानमा पनि राम्रोसँग प्रयोग र पानीको व्यवस्था छैन । सबै जिल्लाबासीको घरमा शौचालय निर्माण भएपछि बैतडीलाई खुला दिसामुक्त त घोषणा गरियो तर अहिले सबैले शौचालय प्रयोग गर्दैनन् । 

सार्वजनिक शौचालय त बनाइएकै छैन । भएका एक/दुई ठाउँका सार्वजनिक शौचालय प्रयोग गर्न सक्ने अवस्थामै छैनन् । नयाँ बनाउन स्थानीय तहले चासो दिएका छैनन् । पाटन नगरपालिकाले निमार्ण गरेको अपाङगमन्त्री भनीएको सार्वजनिक शौचालय निमार्ण सम्पन्न भएको २ बर्षसम्म सुचारु भएको छैन् ।

शौचालयको प्रयोग बढाउन सम्वन्धित निकायबाट बेवास्ता गरिएको छ । सार्वजनिक शौचालय निर्माण गर्न सहज भएपनि प्रयोगमा ल्याउन निकै चूनौतिपूर्ण रहेको स्थानीय सरकारका जनप्रतिनिधीको भनाई छ ।

घोषणा गर्नकै लागि घोषणा गरिएको खुला दिसामुक्त अभियान अहिले उपलब्धीहिन जस्तो देखिएको छ । सार्वजनिक शौचालय निर्माण, पानीको उचित व्यवस्थापन र हरेक नागरिकलाई सचेत बनाउन सके खुला दिसामुक्त घोषणाले सार्थकता पाउने छ ।

रिबन काट्न हतार गर्ने तर परिणाममा ध्यान नदिने प्रवृत्ति दोहोरिरहने हो भने खुला दिसामुक्त अभियान, अभियानमै सीमित नहोला भन्न सकिन्न ।

प्रतिक्रिया