२०८१ बैशाख २८ गते शुक्रबार
ट्रेन्डिङ

कैलालीको गोदावरीमा ट्रक दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

SansherOnline SansherOnline
सोमबार ०४, मङि्सर २०८० ०६:२३
कैलालीको गोदावरीमा ट्रक दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

साँझ अन्दाजी ४ बजेर ४० मिनेटको समयमा गोदावरीको बुढितोलामा से १ ख १४३८ नम्बर ट्रक दुर्घटनामा परि एक महिलाको मृत्यु भएको थियो भने १३ घाइते भएको जनाएको हो ।

ट्रक आफै अनियन्त्रीत भई सडकको छेउमा पल्टिदा नाम थर वतन खुल्न नआएकी अन्दाजी ३६ वर्षिय महिलाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । दुर्घटनामा परि डोटी जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ३४ वर्षिय ललिता सारू, पाँच वर्षिय आर्यान सारू, दुई वर्षिय आरसी सारू, ४० वर्षिय हुकुम विक, १४ वर्षिय जिवन विक, ६० वर्षिय रंग कामी, २५ वर्षिय २५ भरत मल्ल, १८ वर्षिय भुवन मडै, २८ बर्षिय यादव रावल, ४० वर्षिय राम बहादुर रावत घाइते भएका छन् । उनीहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यस्तै १२ वर्षिय बिपिन विक, ३६ बर्षिय टेक बहादुर सारू, ३४ वर्षिय कल्पना विकको पदमा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ ।

उत्तर बाट दक्षिण तर्फ आउदै गरेको चालक नाम थर वतन खुल्न नआएको से १ ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना भएको जनाइएको छ । दुर्घटनास्थलमा खटिएका प्रहरी सहायक निरिक्षक बिबेक साउँदले मिनि ट्रक चालक फरार रहेको बताए ।

प्रतिक्रिया