२०८१ बैशाख २९ गते शनिबार
ट्रेन्डिङ

बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा मंसिर ५ र ६ गते

SansherOnline SansherOnline
सोमबार ०४, मङि्सर २०८० ०६:०५
बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा मंसिर ५ र ६ गते

बैतडी : बैतडीस्थित सुदूरपश्चिम प्रदेशकै महत्वपुर्ण जाँतका रुपमा परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रा यही मंसिर ५ र ६ गते हुने भएको छ । 

त्रिपुरासुन्दरीको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । त्रिपुरासुन्दरीको दर्शनका लागि भारतको झुलाघाट, पिथौरागढ, नैनीताल लगायतका क्षेत्रबाट भक्तजनहरु आउने क्रम शुरु भइसकेको स्थानीय आनन्दमणी भट्टले बताए । यो जात्रामा राँगाको बलि दिने गरिएको छ । 

कार्तिक शुक्ल पक्षको अष्टमी र नवमी तिथीमा जात्रा लाग्ने गरेको छ । कार्तिक कृष्ण औंसीको ८ दिनपछि त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा हुने भट्टले बताए ।  

अष्टमीको दिन नानी जात र नवमीको दिन ठूली जात भन्ने चलन रही आएको छ। अष्टमीका दिन नजिकै रहेको भण्डार घरबाट भण्डार ल्याएर जात्राको शुरुवात गरिन्न छ । 

जात्रामा तीनरात तीन दिन जाग्राम बसेर भगवतीको पूजाअर्चना गर्ने परम्परा रही आएको छ । यो जात्रामा बसाईसराई गरेर अन्यत्र गएकाहरु समेत पुख्र्यौली थलोमा फर्कने गरेका स्थानीय गणेशदत्त भट्टले बताए ।

त्रिपुरासुन्दरीलाई रणशैनी भगवतीको नामले समेत पूजाआजा गर्ने चलन रही आएको छ । रणशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

प्रतिक्रिया