२०८१ बैशाख २८ गते शुक्रबार
ट्रेन्डिङ

आज र भोली बैतडीको शिवनाथमा सार्वजनिक बिदा

SansherOnline SansherOnline
सोमबार ०४, मङि्सर २०८० ०९:२०
आज र भोली बैतडीको शिवनाथमा सार्वजनिक बिदा

बैतडी : शिवनाथ गाउँपालिकाले आज र भोली सार्वजनिक बिदा दिएको छ। बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शिबनाथ देवालयको मन्दिरमा लाग्ने जात्रा (शिबनाथकि जाँत) को अवशरमा सार्वजनिक बिदा दिइएको छ।

मेलाको लागि गाउँपालिक भित्र आज र भोली सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायहरुमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ। हरेक बर्ष कार्तिक सप्तमिको राति (रतेडि) र अष्टमीका दिन लाग्ने (दिउसेडि) मेला आज र भोली मेला लाग्दै छ।

गत बिगतका वर्षहरुमा पनि गाउँपालिकाले शिवनाथ जात्राको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो। मेला हेर्न र देवताको दर्शन गर्न टाढा टाढाबाट दर्शनार्थीहरु आउने गर्दछन। शिबनाथ देवालयको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र सुख शान्ति प्राप्त हुने धार्मिक बिश्वास रहेको छ।

प्रतिक्रिया