२०८१ बैशाख २८ गते शुक्रबार
ट्रेन्डिङ

भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि जित्यो

SansherOnline SansherOnline
आइतबार ०३, मङि्सर २०८० ०९:५६
भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि जित्यो

काठमाण्डौ : भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आज आइतवार भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हरायो ।

भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका ट्राभिस हेडले शतक बनाए । हेड १ सय २० बलमा १ सय ३७ रन बनाएर आउट भए । यस्तै मार्नुस लाबुशेन ५८ रनमा नटआउट रहे । बलिङतर्फ भारतका जसप्रीत बुमराहले २ विकेट लिए ।

यसअघि काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेकाे दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भयाे । दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाए । उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।

अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारत सन् १९८३ र २०११ को विजेता हो ।

प्रतिक्रिया