२०८१ बैशाख २९ गते शनिबार
ट्रेन्डिङ

दशरथचन्दमा भिरबाट लडेर एक जनाको मृत्यु

SansherOnline SansherOnline
आइतबार ०३, मङि्सर २०८० ०५:२८
दशरथचन्दमा भिरबाट लडेर एक जनाको मृत्यु

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ५ कुमालीका ४५ वर्षीय नरेश जोशीको घर नजिकैको गुल्याभिटो भिरबाट  लडेर मृत्यु भएको हो । 

कार्तिक ३० गते घरमा कसैलाई जानकारी नदिई हिडेका जोशीको खोजी गर्दा गुल्याभिटो भिरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए ।

जोशीको शव जिल्ला अस्पताल बैतडीमा पोष्टमाटमपछि आफन्तलाई बुझाइएको छ । जोशीको श्रीमती, एक छोरा र एक छोरी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया