२०८१ बैशाख २८ गते शुक्रबार
ट्रेन्डिङ

सिगास ९ चुवाकी एक महिला ८ दिन देखि वेपत्ता

SansherOnline SansherOnline
आइतबार ०३, मङि्सर २०८० ०४:४४
सिगास ९ चुवाकी  एक महिला ८ दिन देखि वेपत्ता

बैतडी : बैतडीकि एक महिला विगत ८ दिनदेखि वेपत्ता छिन् । जिल्लाको सिगास गाउँपालिका ९ चुवाकी २४ वर्षीया तारादेवी ढाँट (अधिकारी) शनिबारदेखि बेपत्ता रहेकी हुन् । 

उनका श्रीमान दिपक ढाँटका अनुसार यही कार्तिक २२ गते बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ८ धरानस्थित माइती घरमा गएकी तारा शनिबार माइती घरबाट फर्केकी तर उनी घर नपुगी बाटोबाटै बेपत्ता भएकी हुन् । 

माइतबाट घर फर्कीसकेकी तारा घर नपुगेपछि उनको खोजी गरिदिनका लागि परिवारजनले प्रहरीमा सोमबार निवेदन दिएका छन् । वेपत्ता भएकै दिनदेखि ती महिलाको खोजी कार्य गर्दा पनि नभेटिएकी उहाँले बताउनुभयो । 

ताराका श्रीमान दिपक ढाँटले कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेका छन् । 

प्रतिक्रिया