२०८१ बैशाख २८ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

SansherOnline SansherOnline
शनिबार ०२, मङि्सर २०८० ०२:४१
बैतडीको दोगडाकेदारमा  जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ३ घोडेधारमा शनिबार बिहान से १ ज ६०३ नम्बरको जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीका ३५ बर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

कटौजपानीबाट सिल्लेगडातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको छ । 

गम्भीर घाइते हुनेमा दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीकी ३० बर्षीया कलावती बिष्ट र ४५ बर्षीया हिरा बिष्ट रहेका छन् । उनीहरुको दुवैको टाउको र छातीमा चोट रहेको छ । 

यस्तै दुर्घटनामा परी दोगडाकेदार ८ कटौंजपानीकै ६० बर्षीय पदम बिष्ट, ७ बर्षीया सुशीला बिष्ट र ४ बर्षीय रियाज बिष्ट पनि घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा ल्याइएको छ । 

जिप चालक दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीका सुरेन्द्र बिष्ट फरार रहेका र उनको खोजी भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।
 

प्रतिक्रिया