काठमाडौँ : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने समितिले जनाएको छ ।
आजको दिन कागको पूजा गरी मिठो खानेकुरा दिने गरिन्छ । कागलाई दही र भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ।
भोलि बिहान कुकुर तिहार र लक्ष्मीपूजा भोलि नै साँझ मनाउनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
काग तिहारसँगै नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ ।
प्रतिक्रिया