२०८१ बैशाख २८ गते शुक्रबार
ट्रेन्डिङ

तिहार नजिकिँदै गर्दा बैतडीका मुख्य व्यापारिक क्षेत्रमा छैन कुनै चहलपहल

SansherOnline SansherOnline
बुधबार २२, कार्तिक २०८० ११:३३
तिहार नजिकिँदै गर्दा बैतडीका मुख्य व्यापारिक क्षेत्रमा छैन कुनै चहलपहल

बैतडी : चाडपर्व नजिकिँदै गर्दा बैतडीका मुख्य व्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ। बैतडी सदरमुकाम लगायत मूख्य बजार क्षेत्रमा व्यवसायिक चहलपहल खासै बढ्न सकेको छैन । विगतका वर्षहरुमा दशैँ देखि नै चहलपहल हुने बजारहरु आर्थिक मन्दीको असरमा परेका छन । 

कोरोना सङ्क्रमणलगत्तै शुरु भएको मन्दीले व्यापारिक क्षेत्र थलिएको छ । अन्य समयमा व्यापार नभए पनि चाडपर्वको समयमा व्यापार होला कि भन्ने आशमा रहेका व्यापारी डम्बर धामी तिहार सुरु हुन ५-६ दिन मात्रै बाँकी रहँदा कुनै चहलपहल नबढेकोमा निराश छन । 

खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजन लायतका बजारमा सुनसान देखिएको छ।

विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारिहरु पनि निराश बनेका छन्।

व्यापार सुक्दा कतिपय व्यवसायी पलायन समेत हुन थालेका छन । व्यापारीहरु सटर बन्द गरेर हिँड्ने क्रम बढेको व्यवसायी मान सिंह धामी बताउँछन ।

व्यापार बढ्नका लागि मानिसहरुको क्रयशक्ति बढ्नु पर्छ । क्रयशक्ति बढ्नका लागि आम्दानी बढ्नु पर्दछ ।

प्रतिक्रिया