२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

स्वास्थ्यकर्मी र किशोरकिशोरीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

SansherOnline SansherOnline
बुधबार २२, कार्तिक २०८० ०६:५४
स्वास्थ्यकर्मी र किशोरकिशोरीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैतडी : बाल विवाह अन्त्यका लागि विश्वव्यापी कार्यक्रम अन्तर्गत बैतडीको सिगास गाउँपालिका – ४ को गढतोला बर्थिङ सेन्टरमा कार्यरत अ.न.मी र प्रगतिशील किशोर किशोरी समूहका सहभागीहरु बिच मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सहभागीहरुलाइ बालविवाहले पार्ने असरका बारेमा सुसूचित गराउँदै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारीकस साथ उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भीएसओ र पिसवीनको आर्थिक सहयोगमा सिगास – ४ मा बालबिवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रम अन्तर्गत किशोर किशोरीका सरोकारका विषयहरूमा विभिन्न सचेतनामूलक जानकारीहरु दिदै आइरहेको छ ‌ ।

अन्तरक्रिया कार्यक्रममा गढतोला बर्थिङ सेन्टरमा कार्यरत अ.न.मी लक्ष्मी धामी, रुपान्तरण सहजकर्ता विनोद साउद र प्रगतिशील किशोर किशोरी समूहका २५ जना रुपान्तरण कक्षामा सहभागीहरुको उपस्थिति रहेको थियो ।

 १ दिन भएको स्वास्थ्यकर्मी र किशोकिशोरीहरु बिच अन्तरक्रिया कार्यक्रममा बालविवाहले पार्ने असर, यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी, गर्भनिरोधका अस्थायी र स्थायी साधन बारे जानकारी, विवाह गर्ने उमेर बारेमा जानकारी, परिवार नियोजन, शुरक्षित अशुरक्षित गर्भपतन, कम उमेरमा हुने विबाह, गर्भावस्था एवम् खतराका चिन्हहरू बारे जानकारी गराइएको रुपान्तरण सहजकर्ता विनोद साउदले जानकारी दिनुभयो ।

रुपान्तरण कार्यक्रम सञ्चालन भएपछि हरेक किशोर किशोरीमा बालविवाहले पार्ने असर, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा आफू मात्रै नभएर अभिभावकहरु पनि जागरुक गराउन सफल हुँदै गएकाले उनीहरुका लाइ थप जिम्मेवार बनाउन स्थानीय तहले उचित सहयोग गर्नुपर्ने सहजकर्ताको भनाइ छ ‌।

रुपान्तरण कार्यक्रमले लामो समयदेखि बालविवाह न्यूनीकरणका क्षेत्रमा काम गर्दै आइरहेको छ ‌।

प्रतिक्रिया